Rule 23
स्रोत उपयोग विवाद निरुपण समिति

(१) उपभोक्ता संस्थाले विकास तथा संचालन गर्ने परियोजनाको स्रोत उपयोगको सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा त्यस्तो विवाद
समाधानको लागि देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरु भएको एक स्रोत उपयोग विवाद निरुपण समिति रहनेछ ः–
(क)सभापति, जिल्ला विकास समिति – अध्यक्ष
(ख) प्रतिनिधि, जिल्ला सि“चाई कार्यालय – सदस्य
(ग) प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय – सदस्य।
(घ) प्रमुख, जिल्ला खानेपानी कार्यालय – सदस्य–सचिव
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र प्राप्त व्यक्तिले विकास तथा संचालन गर्ने परियोजनाको स्रोत उपयोगको सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा त्यस्तो विवाद समाधानका लागि देहायका अध्यक्ष तथा सदस्यहरु रहेको एक स्रोत
उपयोग विवाद निरुपण समिति रहनेछ ः–
(क)नेपाल सरकारले तोकेको व्यक्ति – सदस्य
(ख) प्रतिनिधि, आवास तथा भौतिक योजना मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, जलस्रोत मन्त्रालय – सदस्य
(घ) प्रमुख, जिल्ला खानेपानी कार्यालय – सदस्य–सचिव
(३) दुई वा दुई भन्दा बढी जिल्लाहरुमा रहेको एउटै स्रोतको उपयोग सम्बन्धमा विवाद उत्पन्न भएमा उपनियम (१) बमोजिमको समितिमा स्रोत उपयोग सम्बन्धमा दरखास्त नपरेको जिल्लाका जिल्ला विकास समितिको प्रतिनिधि र उपनियम (२) बमोजिमको समितिमा स्रोत उपयोग सम्बन्धमा विवाद परेको जिल्लाको जिल्ला विकास समितिका प्रतिनिधि समेत सदस्य रहने छन् ।